खाद्यबाली प्रवर्द्धनका लागि ९ पालिकासँग सम्झौता
ratopati.com · Mon Jun 01 16:46:07 GMT 2026

चितवन । राष्ट्रिय प्रकृति संरक्षण कोष, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाअन्तर्गत कोष र स्थानीय सरकारबिच जलवायु उत्थानशील खाद्यबालीको प्रदर्शन तथा प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
सौराहास्थित जैविक विविधता संरक्षण केन्द्रमा आज आयोजित कार्यक्रममा चितवन, मकवानपुर र नवलपुरका नौ स्थानीय तहसँग सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । आयोजनामार्फत जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै खाद्य सुरक्षामा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)