बाढीमा ज्यान गुमाएकाहरूको आत्माशान्तिको कामनासहित साइकल यात्रा
nepalnews.com · Thu Sep 17 11:29:18 GMT 2026

हेटौंडा। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण दिवंगत भएकाहरूको आत्माशान्तिको कामना तथा प्रभावितको शीघ्र पुनःस्थापनाको मागसहित लमजुङसम्मको साइकल यात्रामा निस्किएको निजगढ साइकल क्लबको टोलीलाई आज हेटौंडामा स्वागत गरिएको छ।
निजगढ राइडर्स क्लबका उपाध्यक्ष भूपेन्द्र सापकोटा नेतृत्वको पाँच सदस्यीय टोलीलाई हिमालयन राइडर्स सोसाइटी हेटौंडाका अध्यक्ष राजु थापामगरसहितको टोलीले हेटौंडामा स्वागत गरेको हो। साइकल यात्रामार्फत ७५ वर्षीय नवीन लम्सालसहितको टोली लमजुङको घलेगाउँसम्म पुग्ने क्लबका सल्लाहकार उत्तम शर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)