काठमाडौंमा विद्यार्थीका टेक परियोजना प्रदर्शनी: फुटबल खेल्ने रोबोटदेखि साइबर सुरक्षासम्म
techpana.com · Thu Jun 25 12:16:40 GMT 2026

काठमाडौं । विद्यार्थीले निर्माण गरेका आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स, साइबर सुरक्षा, सफ्टवेयर र डिजिटल इनोभेसनसम्बन्धी परियोजनाको प्रदर्शनी बिहीबार (११ असार) देखि काठमाडौंमा सुरु भएको छ । अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले आयोजना गरेको ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ मा विद्यार्थीका ५५ भन्दा बढी परियोजना प्रदर्शनमा राखिएका छन् ।
शुक्रबार (१२ असार) सम्म चल्ने यो प्रदर्शनीमा करिब १७० विद्यार्थी संलग्न परियोजनाहरू राखिएका छन् । विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपलाई उजागर गर्दै उनीहरूलाई उद्योग, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)