नापी अधिकृत नौ लाख रुपैयाँ घुस रकमसहित पक्राउ
barnanmedia.com · Thu Sep 17 11:25:40 GMT 2026

काठमाडौं । नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौँका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वली घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वलीलाई घुस/रिसवत बापत नौ लाख रूपैयाँ लिइसकेको अवस्थामा उक्त रकमसहित टोखा नगरपालिका–५ वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट भदौ ३१ गते नियन्त्रणमा लिइएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)