इस्मा अमरपुरमा चैत २८ र २९ गते स्वास्थ्य शिविर
rajdhanidaily.com · Wed Mar 19 23:33:30 GMT 2025

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ अमरपुरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । हिमा गौतम स्मृती कोषको आयोजनामा यही चैत २८ र २९ गते शिविर संचालन हुने आयोजकले बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी दिएको छ ।
ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिने उदेश्यले आयोजना गरिएको स्वास्थ्य शिविर काठामाडौंस्थित मेडिसिटी अस्पतालका मृगौला रोग विशेषज्ञ डाक्टर प्रकाश पौडेलको नेतृत्वमा सम्पन्न हुनेछ । जसमा मेडिसिटी अस्पताल काठमाडौंका बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषी कुमार काफ्ले, जोन हप्किन्स अस्पताल, अमेरिकामा कार्यरत विशेषज्ञ डाक्टर समिचन्द्र गौतम, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर प्रतिमा गौतम, रुपा झा, हाडजोर्नी विशेषज्ञ डाक्टर यत्र खड्का लगायत मेडिकल अधिकृतहरुले सेवा दिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)