स्थायी व्यवस्था नभए पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीको चेतावनी
corporatenepal.com · Thu Jun 25 12:20:43 GMT 2026

काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी पुनर्स्थापनाको व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
पीडितहरूले सरकारलाई खुलापत्र जारी गर्दै नदी किनारका बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा राखिएको दुई महिना बितिसक्दा पनि दीर्घकालीन व्यवस्थापनबारे कुनै स्पष्ट योजना सार्वजनिक नभएको गुनासो गरेका छन् । उनीहरूले होल्डिङ सेन्टरमा बसाइँका क्रममा खाद्यान्न, स्वास्थ्य सेवा तथा बालबालिकाको पढाइ प्रभावित भएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)