कुमार बेनमाथिको आरोप प्रमाणित गर्न सांसद लालविक्रमको चुनौती
ratopati.com · Thu Sep 17 11:39:39 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले पार्टीका नेता तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि लगाइएका आरोपहरू पूर्ण रूपमा भ्रामक र कपोकल्पित भएको भन्दै खारेज गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारकाे बैठकमा बोल्दै सांसद थापाले आफ्नै पार्टीका सांसद डा. अमरेश कुमार सिंहद्वारा लगाइएका गम्भीर आरोपहरू पार्टी र वर्तमान सरकारप्रतिको जनविश्वासमाथि प्रहार भएको दाबी गरे। उनले लगाएका आरोपहरूको यथेष्ट प्रमाण सार्वजनिक गर्न चुनौती दिँदै अन्यथा तत्काल फिर्ता लिन माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)