क्यानडा–ईयू सम्बन्धमा नयाँ मोड, क्यानडालाई ‘एसोसिएट सदस्य’ बनाउने प्रस्तावले ट्रम्पलाई झस्कायो
ratopati.com · Thu Sep 17 11:39:49 GMT 2026

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संसद्मा सम्बोधन गर्न लाग्दै छन् भने क्यानडा र युरोपेली युनियन (ईयू)बिच सम्बन्ध थप घनिष्ठ बन्दैछ । यसमले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ बहस मात्र सुरु गरेको छैन, डोनाल्ड ट्रम्पलाई समेत झस्काइदिएको छ ।
अर्थात्, ईयूले क्यानडालाई आफ्नो पहिलो ‘एसोसिएट सदस्य’ बनाउन सकिने प्रस्ताव अघि सारेपछि क्यानडा–अमेरिका सम्बन्धमा देखिएको तनावका बिच ब्रसेल्स र ओटावाबिच सहकार्य विस्तार अघि बढेको हो । युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयनले बुधबार युरोपेली संसद्मा आफ्नो ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा क्यानडाका लागि ईयूको ‘एसोसिएट सदस्य’ बन्ने ढोका खोल्न काम गर्न चाहेको बताएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)