उत्तर कोरियाले आणविक हतियार नत्याग्ने
kendrabindu.com · Thu Sep 17 11:37:53 GMT 2026

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्नो देशको आणविक हतियार सम्पन्न राष्ट्रको हैसियत स्थायी र अपरिवर्तनीय रहेको बताएकी छन् । उनले उत्तर कोरियाले आणविक हतियार त्याग्ने आशा राख्नु ‘मूर्खतापूर्ण सोच’ भएको टिप्पणी गरेकी हुन् ।
आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीमार्फत जारी वक्तव्यमा उनले बाह्य शक्तिहरूले उत्तर कोरियाको आणविक हैसियत अस्वीकार गरे पनि त्यसमा कुनै परिवर्तन नआउने बताइन् । उनका अनुसार प्योङयाङको आणविक शस्त्रागारले बाह्य दबाब रोक्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)