म्यानचेस्टर युनाइटेडलाई हराउँदै न्युक्यासल तेस्रो स्थानमा
pahilopost.com · Sun Apr 02 17:45:31 GMT 2023
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आइतवार बेलुका सम्पन्न खेलमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई हराएको छ। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली न्युक्यासलले म्यानचेस्टरमाथि २-० गोलको जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा घरेलु टोलीले दुबै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ६५ औँ मिनेटमा जोए विललकको गोलमा अग्रता बनाएको न्युक्यासलका लागि दोस्रो गोल ८८ औँ मिनेटमा कलुम विल्सनले गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)