एसियाली खेलकुदमा नेपाल र जापान महिला भलिबल : अनुभव र स्तरमा ठूलो अन्तर
neplays.com · Thu Sep 17 11:40:00 GMT 2026
जापानको आइची–नागोया शहरमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले आयोजक जापानसँग समूह चरणको खेलमा सोझो सेटमा पराजित भए पनि एसियाली स्तरको बलियो टोलीविरुद्ध खेल्ने अवसर नेपाली खेलाडीका लागि महत्वपूर्ण अनुभव बनेको छ।
सेप्टेम्बर १६ मा भएको खेलमा जापानले नेपाललाई २५–८, २५–१२ र २५–११ ले हरायो। तीनै सेटमा जापानले सुरुदेखि नै नेपाल माथि दबाब कायम राखेको थियो। नेपालले दोस्रो र तेस्रो सेटमा केही सुधारिएको प्रदर्शन गरे पनि जापानको सर्भिस, रिसिभ, ब्लक र आक्रामक गतिको सामना गर्न कठिन भयो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)