‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ ?
kalakarmi.com · Thu Sep 17 11:44:21 GMT 2026

काठमाडौं- नेपालको ऊर्जा क्षेत्र अहिले उत्पादन क्षमता विस्तार, आन्तरिक खपत वृद्धि, अन्तरदेशीय विद्युत् व्यापार र हरित प्रविधिको विकाससँगै नयाँ चरणमा प्रवेश गरिरहेको छ । सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन पुर्याउने लक्ष्य अघि सारेको पृष्ठभूमिमा ऊर्जा क्षेत्रको विकास, विस्तार, लगानी र प्रविधिलाई एउटै मञ्चमा जोड्न आगामी २०८३ माघ ३, ४ र ५ गते काठमाडौंमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुँदैछ । तर, जलविद्युत् तथा समग्र स्वच्छ ऊर्जा क्षेत्रमा यो बृहत एक्स्पो किन अपरिहार्य बन्यो भन्ने विषयले अहिले विशेष चासो पाएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र ईभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको यो एक्स्पो अघिल्ला चार संस्करणहरूको निरन्तरताका रूपमा पाँचौं संस्करण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)