वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सहजताका लागि प्रहरीद्वारा नवप्रवर्तन कार्यको सुरुवात
annapurnapost.com · Thu Sep 17 11:37:49 GMT 2026

वीरगन्ज : वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारत तथा तेस्रो मुलुकका पर्यटकहरुको सहजताका पर्यटकीय स्थल, होटल तथा रेष्टेरेन्ट लगायतका बारेमा विस्तृत जानकारीसहितको क्युआर र अनलाइन वेभसाइट निर्माण गरि सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले पर्यटन प्रर्वद्धन तथा पर्यटकहरुको सुरक्षा तथा सहजिकरणका लागि क्युआर र अनलाइन वेभसाइट निर्माण गरि सार्वजनिक गरेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए। उनका अनुसार, पर्सा जिल्लामा रहेका ऐतिहासिक,धार्मिक,पुरातात्विक तथा पर्यटकीय स्थलहरुको पहिचान, वीरगन्ज शहरदेखि ती स्थानहरुमा पुग्न लाग्ने समय, खाना तथा बासका लागि होटल, रेष्टुरेन्ट र रिसोर्टहरुको सुविधाका बारेमा विस्कृत जानकारी दिन नव प्रवर्तन कार्यको सुरुवात गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)