चितवनपछि Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै
annapurnapost.com · Thu Sep 17 11:33:11 GMT 2026

काठमाडौं : MAW Vriddhi Autocorp Pvt. Ltd. ले यस शुक्रबार पोखरामा नयाँ NEVO Q05 सार्वजनिक गर्ने तयारी गरेको छ। त्यसपछि ४ दिने टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुनेछ। ग्राहकहरूले असोज ३ देखि ६ गतेसम्म चौतास्थित Deepal Pokhara Showroom मा NEVO Q05 को प्रत्यक्ष अनुभव लिन सक्नेछन्। Changan को नयाँ–ऊर्जा सवारी साधन पोर्टफोलियोअन्तर्गत रहेको NEVO Q05 ले नेपालमा Deepal मार्फत प्रस्तुत भइरहेको स्टाइलिस, प्रविधिमैत्री र प्रिमियम EV अनुभवलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ।
चीनमा पछिल्ला ५ महिनादेखि आफ्नो सेग्मेन्टको नम्बर १ SUV का रूपमा रहेको Q05 ले Comfort, Design र Technology मा “A Class Above” अनुभव प्रदान गर्ने लक्ष्यसहित आधुनिक EV प्रविधि, समसामयिक डिजाइन र स्मार्ट मोबिलिटीलाई एकसाथ प्रस्तुत गर्दछ। नयाँ NEVO Q05 ले शहरी प्रयोगका लागि उपयुक्त बाहिरी आकारसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्दछ। यसको २,७३५ mm ह्वीलबेसले विशेषगरी पछाडिको सिटमा यात्रा गर्ने यात्रुका लागि पर्याप्त ठाउँ उपलब्ध गराउने गरी डिजाइन गरिएको छ। पछाडिका सिटहरू Reclining हुने भएकाले यात्राको आराम थप बढ्छ भने ५४० लिटरको स्ट्यान्डर्ड बुट स्पेसले सामान, किनमेल तथा पारिवारिक यात्राका लागि पर्याप्त स्थान प्रदान गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)