मियामीका लागि १००औँ गोल गर्दै मेसीले जिते क्याम्पेओनेज कप
baahrakhari.com · Thu Sep 17 11:41:30 GMT 2026
काठमाडौं । अर्जेन्टिनाका पूर्वकप्तान लियोनल मेसीले अमेरिकन मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका लागि १०० गोल पूरा गरेका छन् । मियामीले मेसीको एक गोल मद्दतमा बिहीबार बिहान मेक्सिन क्लब क्रुज अजुललाई २–० ले पराजित गर्दै क्याम्पेओनेज कप जितेको थियो । यही खेलमा मेसीले क्लबको निम्ति १०० गोल पूरा गरेका हुन् ।
मेसीले २४औँ मिनेटमा गोल गरेका थिए । मियामीमा मेसीको निम्ति यो ११५औँं खेल थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)