जसपाका पर्सा जिल्ला अध्यक्ष अहमद कांग्रेसमा प्रवेश
annapurnapost.com · Thu Sep 17 11:41:52 GMT 2026

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) का पर्सा जिल्ला अध्यक्ष तबरेज अहमद नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार वीरगन्जमा आयोजित कार्यक्रममा अध्यक्ष अहमद जसपा पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वउद्योगमन्त्री रमेश रिजालले अहमदलाई गम्छा ओढाएर पार्टीमा स्वागत गरे।
जसपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका अहमद राष्टिय भूमी समस्या समाधान आयोग पर्साका निवर्तमान अध्यक्षपनि हुन्। मधेस आन्दोलनदेखि मधेस केन्द्रित दलमा आबद्ध भई राजनीतिमा सकृय रहेका अहमद उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको जिल्ला सचिवको पनि जिम्मेवारी सम्हालेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)