परराष्ट्रमन्त्री खनाल र भाजपाका नेता चौथाइवालेबीच भेटवार्ता
shilapatra.com · Sat Jun 06 09:10:00 GMT 2026

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहकार्यका विविध पक्षबारे छलफल भएको बताइएको छ । दुवै पक्षले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)