पशु अधिकारकर्मीको दबाबसँगै सधैँलाई बन्द भयो हात्तीपोलो खेल
deshsanchar.com · Wed Dec 25 16:53:48 GMT 2024

मनोरञ्जनका लागि हात्तीलाई सास्ती दिएर खेलाइने हात्ती पोलो खेल हात्ती तथा पर्यटन महोत्सवबाट हटाइएको छ। महोत्सव आयोजक र पशु अधिकारकर्मीबीच महोत्सवको अघिल्लो दिन बुधबार राति हात्ती पोलो हटाउने विषयमा सहमति भएको हो।
‘ आजको संयुक्त बैठक मार्फत गरेका निर्णयहरुले भविष्यका दिनमा हुने हात्ती प्रतिको अन्याय रोक्दै हात्ती मैत्री पर्यटन तथा जिम्मेवार र्यापर्यटन तर्फ समाजलाई डोर्याउने र पर्यटन क्षेत्रमा यो निर्णय अन्य खालका पशुहरुमाथि गरिने क्रुर व्यवहारप्रति पनि समाजलाई सचेत गराउँदै परिवर्तन गर्नलाई कोशेढुङ्गा साबित हुने आशा राखेका छौँ’, एनिमल राइट क्लब नेपालका संस्थापक अध्यक्ष सुराजन श्रेष्ठले निर्णयपछि भने।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)