वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल
annapurnapost.com · Thu Sep 17 11:46:27 GMT 2026

वीरगन्ज : वीरगन्जमा सडक विस्तारको क्रममा रहेको मेनरोड (मुख्य सडक) क्षेत्रलाई केबलरहित बनाउँदै विद्युत, खानेपानी र टेलिकमका संरचना (पाइप) भूमिगत गर्न महानगरपालिकाले पहल थालेको छ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको सरोकारवाला निकायसहितको बैठकले विस्तारका क्रममा रहेको मुख्य सडक निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिँदा विद्युत, खानेपानी, टेलिकम तथा केबल नेटवर्क (तार)लाई भूमिगत रूपमा समेटेर एकीकृत डिजाइन, इस्टिमेट र कार्यान्वयनको व्यवस्था मिलाउन सडक डिभिजन कार्यालय हेटौँडालाई अनुरोध गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)