अमेरिकाले भेनेजुएलालाई लागूऔषध तस्करीको सूचीबाट हटायो
barnanmedia.com · Thu Sep 17 11:48:57 GMT 2026

संयुक्त राज्य अमेरिकाले भेनेजुएलालाई दुई दशकभन्दा लामो समयपछि पहिलो पटक अवैध लागूऔषध तस्करी राष्ट्रको सूचीबाट हटाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार घोषणा गरेअनुसार छिमेकी कोलम्बियाका लागि पनि सम्भावित समीक्षा विचाराधीन रहेको जनाइएको छ ।
विदेश मन्त्रालयले जारी गरेको राष्ट्रपतिको सङ्कल्पमा राष्ट्रपति ट्रम्पले अमेरिकाले प्रशासनले गत जनवरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको निष्कासन र गिरफ्तारीपछि, मादुरोको पूर्वसहायक डेलसी रोड्रिगेजको नेतृत्वमा देशको अन्तरिम प्रशासनसँगको सहकार्यले सकरात्मक परिणाम दिइरहेको छ । भेनेजुएला सन् २००५ देखि अमेरिकाको लागूऔषध तस्करीको सूचीमा रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)