प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस
nepalnews.com · Thu Sep 17 12:01:16 GMT 2026

काठमाडौं। प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गरिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले प्रतिनिधिसभाको आजको बैठकमा उक्त प्रतिवेदन पेस गरेका हुन्।
उनले विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे। सभापति ढकालले राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नागरिकलाई राष्ट्र सेवामा लगाउन सकिने विषय विधेयकमा समावेश गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)