निःशुल्क शिक्षाको धज्जी : नागार्जुन माविमा विद्यार्थीसँग ९ हजार असुलिएकाे आरोप
kendrabindu.com · Thu Sep 17 12:01:22 GMT 2026

ललित बोहरा/बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–२ शर्मालीस्थित नागार्जुन माध्यमिक विद्यालयमा विद्यार्थीबाट ‘अभिभावक सहयोग’का नाममा रकम संकलन गरिएको आरोप लागेको छ। सरकारले विद्यालय तहको शिक्षालाई निःशुल्क बनाउने नीति लिएको अवस्थामा विद्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा रकम उठाउने गरेको भन्दै अभिभावक तथा स्थानीयले प्रश्न उठाएका छन्।
विद्यालयले भदौ ८ गते दलित समुदायका विद्यार्थीबाट ‘अभिभावक सहयोग’का नाममा प्रतिविद्यार्थी ५ हजार रुपैयाँ लिएको प्रमाण प्राप्त भएको छ। दलित परिवार तथा आर्थिक अवस्था कमजोर भएकाले अन्य विद्यार्थीको तुलनामा कम रकम लिइएको विद्यालयको भनाइ छ। तर, अन्य विद्यार्थीले भने वार्षिक ९ हजार रुपैयाँसम्म ‘अभिभावक सहयोग’का नाममा तिर्नुपर्ने अवस्था रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)