शाओमी नेपालद्वारा बाढीपहिरो प्रभावितलाई २०० सेट घरायसी सामग्री सहयोग
nepalviews.com · Thu Sep 17 12:00:25 GMT 2026

काठमाडौं। शाओमी नेपालले बाढीपहिरोबाट प्रभावित परिवारका लागि २०० सेट आवश्यक घरायसी सामग्री सहयोग गरेको छ।
‘शाओमी फर कम्युनिटी’ अभियानअन्तर्गत उपलब्ध गराइएको राहत सामग्री काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरिएको हो। हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले सहयोग गरिएको शाओमी नेपालले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)