सिटिजन्स बैंकद्वारा सुदूरपश्चिममा ‘बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु’ कार्यक्रम सम्पन्न
annapurnapost.com · Thu Sep 17 11:53:28 GMT 2026

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु – सुदूरपश्चिम प्रोभिन्स (०८३/८४)” कार्यक्रम आयोजना गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सेमिनार सम्पन्न भएको हो । कार्यक्रममा गत आर्थिक बर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)