जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
ratopati.com · Thu Sep 17 12:05:22 GMT 2026

बाजुरा । जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप बढ्न थालेको छ । जटिल प्रसूति अवस्था, आपत्कालीन एपेन्डिक्स, रिभर्स सुरल आर्टरी फ्ल्यापलगायत जटिल प्रकृतिका शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुन थालेका कारण चाप बढेको हो ।
आधारभूत १५ श्ययाका जिल्ला अस्पतालले दैनिक स्वास्थ्य परीक्षण तथा उपचार सेवासँगै सुलभ दरमा भरपर्दो सेवा दिन थालेका कारण अस्पतालप्रति जिल्लावासीको विश्वास बढ्दै गएको छ । बाजुरा देशकै दुर्गम हिमाली जिल्ला हो । यसअघि बाजुरावासी शल्यक्रिया गर्न जिल्ला बाहिर जानुपर्दथ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)