बाढी पीडितका लागि मलमपट्टी गर्ने सामान नभएको समाचार सुन्न नपरोस् [भिडियो]
hamrakura.com · Thu Sep 17 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा विपद्का लागि विदेशी दातृ निकाय तथा विभिन्न देशबाट आएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा लामो समयदेखि अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै न्यौपानेले आफू विमानस्थलको कार्गोबाटै आएको र त्यहाँ विपद्का लागि आएका लत्ताकपडालगायतका सामग्री थन्किएको देखेको बताए। उनले ती सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाउन नसकिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)