मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उत्तर दक्षिण कोशी राजमार्ग : खाँदबारी-नुमखण्डमा ७५ प्रतिशत काम सकियो

gorkhapatraonline.com · Mon Jun 01 17:28:13 GMT 2026

नेपाल, भारत र चीन जोड्ने राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-नुम सडकखण्डमा कामले तीव्रता पाएको छ । सदरमुकाम खाँदबारीबाट नुमसम्मको ३९ किलोमिटर सडकले गति लिएको हो ।

खाँदबारीबाट नुमसम्मको ३९ किमी सडकको ७५ प्रतिशत भौतिक प्रगति र ८० दशमलव ७१ प्रतिशत वित्तिय प्रगति भइसकेको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालयका प्रमुख रामबहादर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सडक कालोपत्रका लागि हालसम्म रु एक अर्ब २५ करोड ८० लाख पाँच हजार खर्च भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)