असोज २ देखि प्रदर्शनमा आउने ‘कार्की साइँला’ को अग्रिम टिकट बुकिङ खुल्यो
kalakarmi.com · Thu Sep 17 12:16:32 GMT 2026

काठमाडौं– राजेन्द्र बस्नेतद्वारा निर्देशित फिल्म ‘कार्की साइँला’ को देशैभरका सिनेमा हलहरूमा अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । असोज २ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मलाई प्रारम्भिक चरणमा ६० भन्दा बढी शो प्रदान गरिएको छ। निर्देशक बस्नेतका अनुसार दर्शकको चाप बढेसँगै शो संख्या अझै थपिने छ ।
भारी बोक्ने भरियाको जीवन, विवाह, सन्तानको खुसी, गाउँलेको हेपाइ र दोस्रो विवाहको कथावरिपरि घुमेको यस फिल्ममा जितु नेपाल ९कार्की साइँला० मुख्य भरियाको भूमिकामा देखिएका छन् । फिल्ममा जितु नेपाल र प्रियना आचार्य ९मुन्नी० को मुख्य अभिनय रहेको छ भने सुशील पोखरेल, बीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)