मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्च अदालतमा २७ न्यायाधीश सिफारिस हुँदा कर्मचारीभन्दा धेरै भाग बारलाई, ११ न्यायाधीश उच्चमा उक्लिए

barnanmedia.com · Thu Aug 07 21:24:39 GMT 2025

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको न्याय परिषद्ले उच्च अदालतका लागि २७ न्यायाधीश नियुक्ति सिफारिस गरेको छ। न्याय परिषदको बिहीबारको बैठकले जिल्ला न्यायाधीश, न्याय सेवाका कर्मचारी र कानुन व्यवसायीलाई भागवण्डा गरेर नियुक्ति सिफारिस गरेको हो। सबैभन्दा धेरै भाग जिल्ला अदालतका न्यायाधीशले पाएका छन्, १६ जिल्ला न्यायाधीश उच्चमा उक्लिएका हुन्। त्यसपछि बाँकी ११ सिटलाई न्याय सेवाका कर्मचारी र नेपाल बारलाई भाग लगाइएको छ। यसमा न्याय सेवाभन्दा कानुन व्यवसायीले धेरै भाग परेको छ। न्यायसेवाबाट ५ जना सिफारिस हुँदा ६ जना कानुन व्यवसायी सिधै उच्च अदालतका न्यायाधीश हुँदैछन्। नेपाल बार एसोसियसनको सिफारिसमा उच्च अदालतमा न्यायाधीश सिफारिस हुनेमा सर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, बालकृष्ण गैरे,निशा बानियाँ, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पञ्जीयार छन्। यीमध्ये धेरैजसो कांग्रेस र एमाले निकट कानुन व्यवसायीका संस्थाका नेताहरू हुन्।

यमबहादुर बुढामगर, खड्गराज अधिकारी, शंकर खत्री, अच्युत कुइकेल, कोमलबहादुर खत्री छन्। बुढामगरले न्याय परिषद् सचिवबाट उच्चमा फडको मारेका हुन्। त्यस्तै, जिल्ला न्यायाधीशबाट उच्चमा उक्लिेनमा गोपालप्रसाद बास्तोला, गिरीराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, दिपककुमार खरेल, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल, दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारी, केशवप्रसाद अधिकारी, रमेशप्रसाद ज्ञवाली, उद्ववप्रसाद भट्टराई, दीपक खनाल र अवनी मैनाली भट्टराई रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)