मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव

barnanmedia.com · Wed Dec 25 22:44:44 GMT 2024

काठमाडौँ, ११ पुसः भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । भोलि शुक्रबारदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न लागिएको हो ।

जानकी माध्यामिक विद्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहने संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव गर्न रु ६१ लख लागत लाग्ने अनुमान गरिएको छ । महोत्सवमा स्थानीय थारू, कुमाल, दराई, मगर, गुरुङ, बोटे, मुसहर समुदायसहितका खानाका परिकार राखिने छन् । स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने विश्वास गरिएको छ । महोत्सवमा एक लाखभन्दा बढी पर्यटकले सहभागिता जनाउने अनुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)