मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

‘अस्पतालको शैय्या बढाएर मूल्य घटाउनुपर्छ’

khabarhub.com · Wed Jan 25 01:17:25 GMT 2023

म अहिले मेडिकल काउन्सिलले लेखेको जाँचको लाइसेन्स परीक्षाको पाठ्यक्रम ड्राफ्ट गर्ने मान्छे हुँ। त्यो ड्राफ्ट गर्ने बेलामा दुई जना रुकुम रोल्पा तिरका माननीय आए। उनीहरूले मलाई मेरो अस्पतालमा डाक्टर नाम गरेका पीएचडी गरेको मान्छे पठाइदे भन्नुभयो। रुकुम कोटको हेल्थ सेन्टरमा विगत १५ वर्षदेखि डाक्टर छैनन्। त्यहाँ गयो कि जनताले कुट्लान जस्तो गर्छन्। उहाँहरुको कुरा सुनेपछि त्यो कोर्स धेरै एडभान्स लेभलको बन्दैन भनेको थिए। त्यही कोर्स पारित भयो। तर, त्यो अझै करेक्सन भएको छैन। त्यो कोर्सको पास रेट तलको छ। अबको चार पाँच बर्ष पछि यो पास रेट २५ प्रतिशतमा झर्छ। डाक्टरको घाँटी समाउने भनेको मेडिकल काउन्सिल हो। उसले दिएको सर्टिफिकेटको पछाडि त अर्थ छ। मैले दिएको सर्टिफिकेट यो डाक्टरले एकदम सेफ अभ्यास गर्न सक्छ भनेर दिएको हो। हामीले ३० प्रतिशतको क्वालिटीबाट २५ प्रतिशतमा जान लागि सक्यौं। मेडिकल काउन्सिल र मेडिकल एजुकेसन कमिसन गम्भीर नहुने हो भने हामी एकदमै तल जान्छौँ। यसैगरी अगाडि बढ्ने हो भने यो देशमा कसैले उपचार गर्दैनन्। जग राम्रो भएन भने माथिको जुनसुकै तला पनि सबै बिग्रिन्छ। विशेष विशेषज्ञ लेवल अर्थात् डिएम लेवल पनि सबै बिग्रिन्छ। त्यसैले यसको क्वालिटी सुधार कसरी गर्ने हो हामी गम्भीर भएर सोच्ने बेला आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)