मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन तोकिरहेका छैनन् देउवाले उत्तराधिकारी ?

rajdhanidaily.com · Wed Dec 25 23:03:23 GMT 2024

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो १५औं महाधिवेशनका लागि आफ्नो उत्तराधिकारी नतोक्दा संस्थापन समूहका नेताहरू अन्योलमा परेका छन् । नेपाली कांग्रेसको विधानअनुसार पार्टी सभापति दुईपटक मात्रै हुन पाउने व्यवस्था छ । देउवा दुईपटक पार्टी सभापति भइसकेका छन् । देउवाले आफ्नो दोस्रो कार्यकालको ४ वर्षको अवधिको अन्त्यतिर आइपुग्दा पनि उत्तराधिकारी को हो भनेर खुलाएका छैनन् ।

विराटनगरमा केही समयअघि सञ्चारकर्मीले सोधेको अबको उत्तराधिकारी को हो भन्ने प्रश्नमा देउवाले ‘मैले घोषणा गर्ने होइन, महाधिवेशनले गर्छ’ भनेर जवाफ दिएका थिए । देउवाले दिएको सो जवाफले उनी अहिले जोडघटाउमा रहेको बुझिन्छ । आफ्नो पक्ष बलियो भएपछि कसलाई सभापति बनाउने भन्नेमा उनले निर्णय लिनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)