दलीय रबरछाप न्याय परिषद् विघटन गरौँ
barnanmedia.com · Thu Aug 07 21:27:46 GMT 2025

हुन त सर्वोच्च अदालतको भवन अब सिंहदरबार परिसरमै बन्दै छ । अहिलेसम्म न्यायपालिकाको भवन सिंहदरबारको पर्खालभन्दा बाहिरै छ । खिलराज रेग्मीले कार्यपालिकासँग साँठगाँठ गरेको भनेर आरोप लगाउनेहरुले उनी सिंहदरबार गएर वार्ता गरेको वा सिंहदरबारका मान्छेहरु रामशाहपथ आएर कानेखुसी गरेको भन्न सकेका छैनन् । बालुवाटारमा प्रधानमन्त्री र प्रधानन्यायाधीशका निवास जोडिएकाले भित्री बाटो प्रयोग गरी खिलराजले केही खुसामद गरेको भन्ने गरिन्छ । रमेश लेखक र वर्षमान पुनले आफ्ना खल्तीका नामहरुको सूची सुशीला कार्कीलाई बुझाउन पनि बालुवाटारकै प्रधानन्यायाधीशको निवास जानुपरेको थियो । चोलेन्द्रशमशेर राणाले आफ्ना जेठानलाई मन्त्री बनाउन पनि बालुवाटारकै प्रयोग गरेको भनिन्छ ।
तर अब न्यायपालिका प्रधानन्यायाधीशको हातमा मात्र रहेन । उनको हातबाट पेसी तोक्ने अधिकार झिकिएसँगै अब न्यायपालिकाभित्रै बहुध्रुव र बहुखम्बाहरु जन्मिएका छन् । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति हुँदा सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षले मौका पाए। न्यायाधीश बन्नुअघिसम्म ती अध्यक्ष आफ्नो टोली लिएर विभिन्न ज्ञापन र निवेदनहरुका साथ प्रधानन्यायाधीशलाई भेटिरहेका हुन्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)