रवि लामिछानेलाई काठमाडौं अदालतमा साउन २१ को तारिख
baahrakhari.com · Thu Jun 25 13:21:37 GMT 2026

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चलेको सहकारी ठगीसम्बन्धी मुद्दामा साउन २१ गतेका लागि तारिख दिएको छ ।
लामिछानेलाई साउन २१ गतेका लागि साधारण तारिख तोकिएको जानकारी अदालतका सूचना अधिकारी शिव खतिवडाले दिए । "उहाँलाई कानुन बमोजिम साधारण तारिख तोकिएको हो । त्यसदिन सुनुवाइ हुँदैन । उपस्थितचाहिँ हुनुपर्छ," सूचना अधिकारी खतिवडाले बाह्रखरीसँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
छविलाल जोशी