त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
barnanmedia.com · Thu Sep 17 12:27:05 GMT 2026

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५२ औँ दीक्षान्त समारोहमा सहभागी हुनका लागि योग्य विद्यार्थीहरूबाट अनलाइन आवेदन आह्वान गरेको छ । २०८२ असार १ देखि २०८३ जेठ ३१ सम्ममा स्नातक,स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र सोही अवधिमा विद्यावारिधि (पीएचडी) पूरा गरेका विद्यार्थीहरूले असोज १ गतेदेखि कात्तिक १२ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
यस पटक त्रिविले विद्यार्थीहरूलाई सुगम हुने गरी बागमती, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातै प्रदेशमा दीक्षान्त समारोह केन्द्र निर्धारण गरेको छ। विद्यार्थीहरूले अनलाइन फाराम भर्दा नै आफू सहभागी हुने केन्द्र छनोट गर्नुपर्नेछ भने एमफिल, पीएचडी तथा टपर र मेडल प्राप्त गर्नेहरूका लागि बागमती प्रदेश केन्द्र तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)