'नेताहरू पैसाको पीर लिन्छन् तर देशको लिँदैनन्'
hamrakura.com · Fri Jul 29 00:00:00 GMT 2022
भक्तपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरू पैसा जम्मा भएन भन्ने कुरामा पीर लिने तर देश किन बनेको छैन भन्ने कुरामा चिन्ता नलिने खाल भएको बताएका छन् । एकीकृत समाजवादीको एक हप्ते प्रशिक्षण कार्यक्रममा नेपालले यस्तो नेपालमा सिद्धान्त एउटा र व्यवहारमा अर्को गर्ने पार्टीहरू मात्र भएको बताए
नेताहरू देश नबनेकोमा चिन्ता नलिने खालका भएको सुनाउँदै उनले भने,' सिद्धान्त र व्यवहारमा ग्याप होइन, भ्रष्टाचारमा डुब्ने अनि इमानदार हुन्छौ भनेर हुन्छ । पैसा जम्मा भएन भन्ने कुराले पिरोल्छ तर देश किन बनेको छैन भन्ने कुराले पिरोलेको पाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)