पाँचौँ संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आगामी माघमा हुँदै
corporatenepal.com · Thu Sep 17 12:31:44 GMT 2026

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) ले आगामी माघ ३ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो-२०२७’ आयोजना गर्ने भएको छ । ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने नारासहित आयोजना गर्न लागिएको सो एक्स्पो पाँचौँ संस्करणको हो ।
तीनदिन चल्ने सो एक्स्पोले जलविद्युत्, सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रीन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रीड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिसम्मको एकीकृत स्वच्छ ऊर्जा बजार निर्माण गर्न अवसर प्रदान गर्ने इपानका अध्यक्ष मोहनकुमार डाँगीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)