बाढीपीडितका लागि रेड बुलको मातृ कम्पनी टीसीपी ग्रुपको १० लाख थाई भाट सहयोग
annapurnapost.com · Thu Sep 17 12:31:49 GMT 2026

काठमाडौं : रेड बुलको मातृ कम्पनी टीसीपी ग्रुपले बाढीपीडितहरुको राहतका लागि १० लाख भाट सहयोग गरेको छ। टीसीपी ग्रुप नेपालमा सारस बेभरेजेजको संयुक्त उद्यम साझेदार पनि हो, जसले नेपाल रेडक्रस सोसाइटीमार्फत नेपालमा भर्खरै आएको बाढी र पहिरोबाट प्रभावित समुदायहरूलाई राहत तथा सहयोग गर्न थाई रेडक्रस सोसाइटीमार्फत १० लाख थाई भाट सहयोग गरेको हो।
यो सहयोगले नेपालमा सारस बेभरेजेजमार्फत टीसीपी ग्रुपको लामो समयदेखिको उपस्थितिलाई पनि झल्काउँछ, जसले नेपाली बजारका लागि स्थानीय रूपमा रेड बुल उत्पादन गर्दै आएको छ। यस साझेदारीले उत्पादन, रोजगारी र लगानीमार्फत ब्रान्डको स्थानीय उपस्थितिलाई थप बलियो बनाएको छ। टीसीपी ग्रुपको प्रतिनिधित्व गर्दै, अन्तर्राष्ट्रिय व्यापार निर्देशक आन्द्रास डोनाउर र कर्पोरेट मामिला तथा सञ्चार निर्देशक अर्जारी सुवाङ्गुलले थाई रेडक्रस सोसाइटीलाई यो दान हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)