मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

द्रुतमार्गमा ६ नम्बर प्याकेजको वित्तीय प्रस्ताव रोकियो

ekantipur.com · Sat Sep 17 00:54:42 GMT 2022

काठमाडौँ — काठमाडौं/तराई मधेस द्रुतमार्ग आयोजना (फास्ट ट्रयाक) मा ठेक्का प्रक्रिया पूरा गरे पनि वित्तीय प्रस्ताव मूल्यांकनमा सहभागी नगराएपछि चिनियाँ कम्पनी चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनीले नेपाली सेनाविरुद्ध मुद्दा हालेको छ । सार्वजनिक खरिद पुनरावलोकन समितिमा मुद्दा परेसँगै शुक्रबार खोल्ने भनिएको प्याकेज नम्बर ६ को वित्तीय प्रस्ताव रोकिएको छ । मुद्दाको प्रक्रिया नटुंगिँदासम्म वित्तीय प्रस्ताव खोल्न मिल्ने छैन ।

सुरुङमार्गको ठेक्का लिएर काम गरिरहेको चिनियाँ कम्पनीलाई नै प्याकेज नम्बर ६ मा पनि ठेक्का दिने उद्देश्यसहित सेनाले वित्तीय प्रस्ताव मूल्यांकनमा सहभागी गराएपछि चाइना फस्ट हाइवेले समितिमा आयोजनाविरुद्ध मुद्दा हालेको हो । कम्पनीले वित्तीय प्रस्ताव मूल्यांकनमा सहभागी नगराउनुको कारण मागेको छ । तर आयोजनाले जवाफमा स्वार्थ बाझिएको भन्दै आर्थिक प्रस्तावमा सहभागी गराउन नसकिने उल्लेख गरेको थियो । पटकपटक जवाफ माग गर्दा आयोजनाले स्वार्थ बाझिने विषयलाई मात्र अघि सार्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)