गगनलाई पूर्णबहादुरको आग्रह - महाधिवेशन स्थगित गरेर देउवासँग संवाद थाल्नुस्
nepalviews.com · Thu Sep 17 12:52:27 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औं महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गरेर पार्टीका शीर्ष नेतासँग संवाद थाल्न आग्रह गरेका छन् ।
खड्काले सामाजिक सञ्जालमार्फत थापालाई यस्तो आग्रह गरेका हुन् । उनले पार्टीमा एकता कायम गर्न सभापति थापाले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित अग्रज नेतासँग तत्काल वार्ता र संवाद सुरु गर्नुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)