खडीखेत र छारे क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध
gorkhapatraonline.com · Thu Sep 17 12:59:25 GMT 2026

हुम्ला, असोज १ गते । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको खडीखेत र छारे क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक पहिरोले अवरुद्ध भएसँगै यातायात सेवा पूर्णरुपमा बन्द भएको हो ।
सर्केगार्ड गाउँपालिका– २ को खडीखेतदेखि छारे क्षेत्रको सडकमा ठाउँ–ठाउँमा लगातार वर्षाको कारण पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा बन्द भएको प्रहरी निरीक्षक युवराज ढकालले बताउनुभयो । उहाँका अनुसार हाल नेपालगञ्ज र सुर्खेतबाट आएका यातायातका साधनहरु सर्केगार्डसम्म आउन र त्यहाँबाट सिमकोटतर्फ आउन सक्ने अवस्था छैन । केही स्थानमा सडक पूर्ण रुपमा पहिरोले बगाएपछि सडकको नाम निसाना नदेखिने अवस्था रहेको छ । सो क्षेत्रमा मर्मतका समय लाग्ने उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)