चलचित्र ‘बा : एक योद्धा’मा अभिनेता अनिल बुढाथोकी
kendrabindu.com · Thu Jun 25 13:48:05 GMT 2026

काठमाडौं । चलचित्र ‘बा: एक योद्धा’मा अभिनेता अनिल बुढाथोकी पनि रहेका छन् । विस्तारै कलाकार सार्वजनिक गर्ने क्रममा रहेको निर्माण टिमले चलचित्रमा अनिल बुढाथोकी पनि मुख्य कलाकारमध्यकै एक भएको बताएको छ ।
अनिल तिनै कलाकार हुन्, जसले चलचित्र ‘कर्मा’मार्फत आफ्नो अभिनय क्षमता दर्शकमाझ प्रस्तुत गरेका थिए । डेब्यू चलचित्र ‘कर्मा’बाट नै उनले दर्शकको मन जितेका थिए । तर, यो सिनेमा बक्सअफिसमा धेरै नचलेकाले अनिलको काम धेरैले भने हेर्न पाएनन् । ‘कर्मा’का उनी विपिन कार्कीपछि सेकेन्ड लिड रोलमा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)