विरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण अन्तिम चरणमा
gorkhapatraonline.com · Thu Sep 17 13:03:09 GMT 2026

पोखरा, असोज १ गते। अविरल वर्षासँगै गत साउन २८ गते मोदी खोलामा आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित विरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मोदी खोलामा आएको बाढीले सडकखण्डका विभिन्न पाँच स्थानमा कटान गर्दा करिब ६०० मिटर सडक क्षतिग्रस्त भएपछि यातायातसमेत अवरुद्ध भएको थियो ।
बाढीबाट क्षति पुगेको सडकको स्थलगत अवलोकन तथा निरीक्षणपछि सडक तत्काल पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय भएको थियो । त्यसपछि पुनर्निर्माण योजनाअनुसार पहिलो चरणमा विरेठाँटी बजारतर्फ बगेको मोदी खोलालाई डाइभर्सन गरिएको थियो भने दोस्रो चरणमा ग्याबिन जाली लगाएर सडक पुनर्निर्माणको काम अघि बढाइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)