फिफा यू–१५ विश्वकपमा नेपाल समूह ‘डी’ मा
annapurnapost.com · Thu Sep 17 12:59:18 GMT 2026
काठमाडौं : नेपाल फिफा यू–१५ विश्वकप तथा फेस्टिभल अजरबैजान २०२६ को समूह ‘डी’ मा परेको छ। बिहीबार सार्वजनिक गरिएको समूह विभाजनअनुसार नेपाल समूह ‘डी’ मा रहेर ब्राजिल, कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘डी’ मा नेपालसहित ६ टोली रहेका छन्।
दक्षिण अमेरिकाबाट ब्राजिल, अफ्रिकाबाट डीआर कंगो र गिनी–बिसाउ तथा उत्तर अमेरिकाबाट एल साल्भाडोर र अफ्रिकाबाट ट्युनिसिया नेपालका प्रतिद्वन्द्वी बनेका छन्। प्रतियोगितामा १९१ राष्ट्रले ३२ वटा समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)