मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेशको नाम राख्दा कमजोरी भएको माओवादीद्वारा स्वीकार

rajdhanidaily.com · Thu Aug 17 23:27:47 GMT 2023

इटहरी । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिको पाँचौं बैठकले प्रदेशको नाम राख्दा कमजोरी भएको स्वीकार गरेको छ । कोशी नाम खारेज गर्दै बहुपहिचानको आधारमा नाम राख्न मागसमेत गरेको छ ।

विराटनगरमा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै माओबादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले पार्टी र संसदीय दलले गरेको कमजोरीप्रति गम्भीर समीक्षा र आलोचनासहित प्रदेशको नाम बहुपहिचानको आधारमा पुनः नामांकन गर्न माओवादी पार्टी प्रतिबद्ध रहेको बताए । २०७९ फागुन १७ गते प्रदेशसभा बैठकले तत्कालीन प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)