विगतमा ‘हिमालयन हाइड्रो एक्स्पो’ शीर्षकको प्रदर्शनी अर्ब ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो’
corporatenepal.com · Thu Sep 17 13:01:15 GMT 2026

काठमाडौं । आउँदो माघमा पाँचौं संस्करणको ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो’ हुने उर्जा उत्पादकहरुको संस्था इप्पानले जानकारी गराएको छ । तीन दिन चल्ने प्रदर्शनीबारे बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा इप्पान अध्यक्ष मोहन डाँगीले सन् २०१७ देखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको एक्स्पो यसपटक ‘इप्पान डे’ को अवसर पारेर माघ ३ देखि ५ सम्म आयोजना गर्ने तय भएको जानकारी दिए । ‘यसअघिका वर्षहरूमा हिमालयन हाइड्रो एक्स्पोको नाममा प्रदर्शनी हुँदै आएको थियो,’ उनले भने, ‘यसपटकदेखि हिमालयन ग्रीन इनर्जी एक्स्पो नाम दिएर आयोजना गर्दैछौं ।’ डाँगीले यसपटकदेखि अब हरेक वर्ष नै एक्स्पो आयोजना गरिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)