अर्घाखाँचीमा विद्यालय केन्द्रित एचपीभी खोप कार्यक्रम सुरु
annapurnapost.com · Thu Sep 17 13:04:05 GMT 2026

अर्घाखाँची : अर्घाखाँचीमा विद्यालय केन्द्रित नियमित एचपीभी खोप कार्यक्रम सुरु भएको छ। कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालिका–२ स्थित सन्धिखर्क ग्रीन इङ्गलिस बोर्डिङ स्कुलमा विद्यालय केन्द्रित नियमित एचपीभी खोप कार्यक्रम शुभारम्भ गरिएको हो।
जिल्ला खोप समन्वय समिति अर्घाखाँचीको आयोजना तथा सन्धिखर्क नगरपालिकाको समन्वयमा बिहीबार एक कार्यक्रमबीच खोप कार्यक्रमको शुभारम्भ गरिएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले एचपीभी खोप पाठेघरको मुखको क्यान्सरबाट जोगिनकालागि महत्वपूर्ण रहेको बताउँदै लक्षित समूहका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)