वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ
khabarhub.com · Thu Sep 17 13:19:00 GMT 2026

काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं बस्ने ४९ वर्षीय रिता गौतम र सोही स्थानमा बस्ने ३१ वर्षीय विमोचन राज कुँवर रहेका छन् । पक्राउ परेका दुवैले पीडितबाट १२-१२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)