पर्सामा कार्यरत नेपाल प्रहरी र थुनुवाको वीरगन्ज हेल्थ केयर हस्पिटलले निःशुल्क उपचार गर्ने
annapurnapost.com · Thu Sep 17 13:12:41 GMT 2026

वीरगन्ज : पर्सा जिल्लामा कार्यरत नेपाल प्रहरीका कर्मचारी र प्रहरी हिरासतमा रहेका थुनुवाहरुको वीरगन्ज हेल्थ केयर हस्पिटलले निःशुल्क उपचार गर्ने भएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगन्ज हेल्थ केयर हस्पिटलबीच पर्सामा कार्यरत प्रहरी कर्मचारी र हिरासतमा रहेका थुनुवाहरुको असोज १ गतेदेखि लागू हुने गरी १ वर्षसम्म निःशुल्क उपचार गर्ने विषयमा सम्झौता गरिएको छ।
उक्त सम्झौता अनुसार, हरेक हप्ताको शुक्रबार अस्पतालका तर्फबाट चिकित्सकसहितको चार जनाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर प्रहरी कर्मचारी तथा प्रहरी थुनुवाहरुको स्वस्थ्य परीक्षण निःशुल्क गर्नेछ। स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका थुनुवा र प्रहरी कर्मचारीलाई वीरगन्ज हेल्थ केयर हस्पिटलमै लगेर सरकारको स्वास्थ्य बीमा बोर्डद्वारा लागू गरिएको दररेटअनुसार उपचार सेवा उपलब्ध गराइने सम्झौतापत्रमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)