अल्लोका जुत्ता-चप्पल बनाउने मिङ्मा
setopati.com · Mon Nov 15 00:20:00 GMT 2021
सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। ' नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
झन्डै सात वर्षअघि मिङ्मा डिकी शेर्पाले बजारमा थुप्रै 'नेपाली ब्रान्ड' का जुत्ता-चप्पल देख्थिन्। तर ती सबै असलमा नेपालमा उत्पादित हुन्थेनन्। कुनै भारत वा अन्य देशबाट आयातित हुन्थे, कुनै ब्रान्डका जुत्ता-चप्पल बनाउन प्रयोग हुने सम्पूर्ण कच्चा सामग्री आयात गरिन्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)